काठमाडौं । श्रीलंका यतिबेला गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । देश गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको भन्दै राष्ट्रपति गोटाबाया राजापाक्षेले अन्तर्राष्ट्रिय समुदायलाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न सहयोगको आह्वान गरेका छन् ।
ूहामी अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेका छौं, जसले सबै श्रीलंकालीहरूको जीवनमा गहिरो प्रभाव पारेको छ । जसको परिणामस्वरूप सामाजिक असमानता उत्पन्न भएको छ। हामीलाई तुरुन्तै अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको आवश्यकता छ । र म श्रीलंकाका अन्य साथीहरूलाई पनि यो कठिन समयमा मेरो देशलाई समर्थन र ऐक्यबद्धताका निम्ति अपील गर्दछु, ‘राजापाक्षेले २७औँ अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भनेका छन् ।
जापानको टोकियोमा भिडियोमार्फत आयोजित फ्युचर अफ एसिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सो कुरा उल्लेख गरेका डेली मिररले जनाएको छ । चरम आर्थिक समस्याकाबीच श्रीलंकाले हालै करिब ५१ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण चुक्ता गरेको छ।
साथै गलत आर्थिक नीतिहरूले देशले पर्याप्त इन्धन किन्न नसक्ने र खाद्यान्न एवं अन्य आधारभूत आवश्यकताहरू जस्तै खान पाकाउने इन्धन र ग्यासको चरम अभावको सामना गर्नुपरेको छ।
‘कोभिड-१९ बाट पर्यटन उद्योगमा परेको असर र अन्य कारण विदेशी कामदारहरूको भित्री रेमिट्यान्समा तीव्र गिरावट र श्रीलंकाको उच्च ऋण दायित्वहरूसँग मिलेर अन्य घटनाहरूको कारणले बढ्दो मुद्रास्फीतिले गम्भीर वित्तीय संकट निम्त्याएको छ। भविष्यमा विश्वले सामना गर्ने अझ व्यापक समस्या भनेको खाद्य सुरक्षासँग सम्बन्धित छ। आगामी महिनाहरूमा खाद्यान्नको अभाव र खाद्यान्नको मूल्यमा भएको तीव्र वृद्धिले धेरै देशहरूमा ठूलो दबाब दिनेछ, ‘डेली मिररले राष्ट्रपतिलाई उद्धृत गगर्दै उल्लेख गरेको छ ।
राष्ट्रपतिले युक्रेन–रुस द्वन्द्वले कोभिड–१९ को महामारी पछि पीडित मुलुकमा संकट थपिएको भन्दै त्यस्ता जोखिममा परेका राष्ट्रहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले मुलुकमा देखिएको संकटलाई समाधान गर्नका निम्ति राष्ट्रहरूबीचको सहकार्य बढाउनु पर्नेमा पनि विशेष जोड दिएका छन् ।
राष्ट्रपतिले यस जटिल समस्यामा ध्यान दिनुपर्ने र कृषि उत्पादनलाई स्थानीय तहमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले देशवासीलाई यस्ता विकराल समस्याको सामना गर्ने उपाय खोज्न पनि आग्रह गरे।
खाद्यान्न र इन्धनको अभाव बढ्दो मूल्य र बिजुली कटौतीका कारण श्रीलंकाले स्वतन्त्रता पछि यसपटक सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। अर्थतन्त्र राम्रो अवस्थामा नभएकाले अन्तर्राष्ट्रिय ब्याजदर बढ्ने उच्च जोखिम रहेको प्रष्ट देखिन्छ । अहिले अन्तरराष्ट्रिय खाद्यान्नको मूल्य बढ्ने खतरा पनि उत्तिकै टड्कारो छ ।
Comments are closed.