काठमाडौं । श्रीलंकाले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलंकाका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो ।
सो कुराको जानकारी श्रीलंकाली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिएका हुन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलंकाले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ ।
बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलंकाको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा कटौती गर्ने जनाएको हो । मन्त्री विजकेसरीले यहाँका सार्वजनिक यातायात, अस्पताल र उद्योगहरुलाई प्राथमिकता दिइने र अरु क्षेत्रका सवारीको इन्धनमा कटौती गरिने जानकारी दिएका हुन्।
उनले कच्चा तेल अर्को हप्ता प्राप्त हुने भन्दै प्रशोधन केन्द्रलाई त्यसको तयारीमा रहन आग्रह गर्नुका साथै यातायातका लागि लाइनमा नबस्न सबै सर्वसधारणलाई आग्रह गरेका छन् । श्रीलंकामा आर्थिक मन्दी छाएको छ । जसका कारण यहाँ इन्धनमा हुने नियमित आपूर्तिमा पनि कमी आउन थालेको बताइएको छ ।
Comments are closed.