काठमाडौं । सिद्धार्थ बैंकको २१ औं वार्षिक साधारण सभाबाट यसअघि घोषित लाभांश पारित भएको छ। आज भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा बसेको साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।
सभाले १२.५० प्रतिशत बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ०.६६ प्रतिशत बराबर नगद लाभांश प्रस्ताव पारित गरेको छ ।
बैंकले चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँको १२.५० प्रतिशत अर्थात् १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ रुपैयाँ बराबरको बोनस सेयर र ०.६६ प्रतिशत बराबर अर्थात् ८ करोड २३ लाख ९७ हजार ५४५ रुपैयाँ बराबर नगद लाभांश घोषणा गरेको थियो ।
Comments are closed.