सिद्धार्थ बैंकका ग्राहकलाई माया मनोर बुटिक होटेलमा छुट

काठमाडौं । सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेल प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी एक समझदारी गरिएको छ ।

सम्झौता अनुसार हात्तीसार, काठमाडौंस्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

 

You might also like

Comments are closed.