सिद्धार्थ बैंक र ह्यारिसन प्यालेसबीच छुट सम्झौता

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेड र विराटनगरस्थित ह्यारिसन प्यालेसबीच छुट सम्झौता भएको छ । बिहीबार बैँक र ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले ह्यारिसन प्यालेसमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ, इन्टरनेट बैैंकिङ मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन्।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेका थिए ।

jutta mela

उक्त सम्झौतापछि ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बैंकले जनाएको छ ।

You might also like

Comments are closed.