सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा छुट

काठमाडौं । सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेल प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार पोखरास्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिने बताइएको छ ।

यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

You might also like

Comments are closed.