काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विश्व वित्तीय सप्ताहको अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी २४ स्थानमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको हो ।
बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा बैंकको आधारभूत बैकिङ सञ्चालन र विभिन्न बैंकिङ सम्बन्धी व्यवहारिक रुपमा शिक्षा प्रदान गरिएको छ ।
वित्तीय सेवाको पहँुच पु¥याउने, हरेक वर्ग र क्षेत्रका व्यक्तिलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको हो ।
Comments are closed.