सिद्धार्थ होटल नेपालगञ्जद्वारा सरसफाई अभियान सञ्चालन

नेपालगञ्ज । नेपालगञ्जमा रहेको सिद्धार्थ होटल नेपालगञ्जले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । होटलले प्रत्येक शुक्रबार वरपरको क्षेत्रमा सरसफाई कार्यक्रम गर्दै आइरहेको छ ।

आफ्नो वरपरको ठाउँको सरसफाई आफैले गर्नुपर्छ भन्ने मान्यतासहित साप्ताहिक रुपमा सफाई कार्यक्रम भइरहेको होटलका जनरल म्यानेजर काशीराम अधिकारीले आर्थिक आवाजलाई जानकारी दिए ।

कार्यक्रममा होटलका हेड अफ डिपार्टमेन्ट र सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहँदै आइरहेको छ । होटलको बिगत असारदेखि यो अभियान जारी रहेको छ ।

MANASLU

‘पहिलो चरणमा होटल वरपर मात्रै सफाई अभियान चलाइरहेका छौं । आगामी दिनमा वडा तथा नगरसँग समन्वय गरी हामी अन्य क्षेत्रमा सफाई अगाडि बढाउने तयारीमा छौं ।’यो होटल पश्चिम क्षेत्रको उत्कृष्ट र प्रतिष्ठित होटलमा पर्छ ।

You might also like

Comments are closed.