सिद्धार्थ बैंकको ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडले आफ्नो डिजिटल सेवालाई थप आधुनिक र सहज बनाउन फोनपे सँगको सहकार्यमा पूर्णतया डिजिटल ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ ।

जसको घोषणा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणअन्तर्गत आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको हो ।  अब ग्राहकहरूले भौतिक कार्ड बिना नै १८ लाखभन्दा बढी PhonePe नेटवर्कका व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् ।

मोबाइल बैंकिङ एपमार्फत तुरुन्त आवेदन, कार्ड प्राप्ति तथा सक्रियता, लिमिट व्यवस्थापन, कार्ड लक/अनलक, स्टेटमेन्ट हेर्नेसहित सबै सुविधाहरू एकैस्थानबाट प्रयोग गर्न सकिनेछ ।

विशेष लन्च अफरअन्तर्गत ग्राहकहरूले ७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म यस भर्चुअल कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० % क्यासब्याक पाउनेछन्, अधिकतम रु. ७५० सम्म, जसले सदस्यता शुल्कसमेत समायोजन गर्नेछ ।

थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालन हुने ‘सिद्धार्थ केयर’ सेवा केन्द्रमा ०१–५९७००२० नम्बर वा निर्दिष्ट इमेलमार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

You might also like

Comments are closed.