काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमबाट बीमालेख जारी गर्न तथा दावी फर्छौट गर्न SPIL-DIGI प्रणालीको शुरुवात गरेको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल र सिद्धार्थ प्रिमिय र इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सो प्रणालीको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सह्राना गर्दै प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताए । कम्पनीका अध्यक्ष श्रेष्ठले विद्युतिय माध्यमबाट प्रभावकारी बमिा सेवा प्रदान गर्न क्रियाशिल रहेको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदववार क्षेत्रीले बीमा सेवालाई क्रमिक रपमा प्रविधियुक्त बनाउने लक्ष्य अनुरुप यो पहिलो परुयास भएको र अझै प्रभावकारी बनाउन क्रियाशिल रहने बताए ।
यस प्रणलीबाट बीमितले सहजेअनलाइन मार्फत बीमालेख खरिद गर्न सक्ने छन् भने निश्चित रकमसम्मको बीमा दाबी फर्छौट गरि भुक्ताननी गर्न सक्नेछन् ।
Comments are closed.