सोनिया इन्टरनेशनलको आठौं वार्षिकोत्सव

काठमाडौं । शैक्षिक परामर्शदातृ व्यवसायी संस्था सोनिया इन्टरनेशनल एजुकेशन एण्ड करियर्स (एसआइइसी) ले आठौं वार्षिकोत्सव मनाएको छ । संस्थाको कार्यालय पुतलीसडकमा शुक्रबार शुभकामना आदानप्रदान तथा केक काटेर वार्षिकोत्सव मनाइएको प्रवन्ध निर्देशक नवराज केसीले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा संस्थाले सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक लगायत सम्पूर्णमा आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।

संस्थाले अष्ट्रेलिया, क्यानडा, युके लगायतका देशमा जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । विदेशस्थित अष्ट्रेलिया, भारत, क्यानडामा पनि कम्पनीको कार्यालय छन् ।

You might also like

Comments are closed.