सिम्पल खरेलको स्वरमा ‘जहाँ तिमी अनि म’ गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं ।  लोकप्रिय गायिका, अभिनेत्री, निर्देशक तथा टीकटक स्टार सिम्पल खरेलको सुमधुर स्वरमा सजिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत लोकप्रिय संगीतकार टिका दाहालको रहेको छ। यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा स्वयम् गायिका खरेल फिचर्ड छिन्। भिडियोमा हरि हुमागाईको छायाँकन र सम्पादन रहेको छ। गायिका खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो।

खरेलकै आधिकारिक च्यानल ‘सिम्पल खरेल’ मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

You might also like

Comments are closed.