तेजगंगा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको आयोजनामा तेजगंगा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम भएको छ । बैंकको वार्षिक कार्ययोजना तथा विश्व वित्तीय सप्ताह २०२५, अन्तर्गत शाखा कार्यालय पनौती काभ्रेको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा क्याम्पसका कक्षा ११ तथा १२ का विद्यार्थी सहभागी थिए । बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुको बारेमा विद्यार्थीलाई जानकारी गराइएको छ ।

सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा ५ जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको यस बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

You might also like

Comments are closed.