काभ्रे महोत्सवलाई सिन्धु विकास बैंकको साथ

काभ्रे । काभ्रे महोत्सव–२०७९ लाई सफल बनाउन सिन्धु विकास बैंक लिमिटेडले साथ दिएको छ । अफिसियल बैंक एवं सह–आयोजक बैंकले मेलालाई सफल बनाउन साथ दिएको हो ।

काभ्रे उद्योग वाणिज्य संघको मुख्य आयोजनामा असोज ३ गतेबाट महोत्सव हुँदैछ ।

महोत्सवको तयारी पुरा भएको आयोजकको भनाइ छ । महोत्सव उद्घाटन अगाडि सोमबार बिहान १० बजे बनेपाको चारदोबाटोबाट प्रभातफेरी कार्यक्रम हुने छ ।

You might also like

Comments are closed.