काठमाडौं । सिन्धु विकास बैंकले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । शाखा कार्यालय हेटौँडाको आयोजनामा हेटौडा उपमहानगरपालिका ८ कमानेस्थित चन्द्रोदय मावि र शाखा कार्यालय पालुङ्गको आयोजनामा थाहा नगरपालिका ३ घट्टेचौरस्थित जनकल्याण माविमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
कार्यक्रममा चन्द्रोदय माविका कक्षा ११ र १२ का ८० विद्यार्थी र जनकल्याण माविका कक्षा ११ र १२ का ६५ विद्यार्थी सहभागी थिए । काभ्रे, बनेपामा कर्पोरेट कार्यालय रहेको बैंकको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी वार्षिक कार्ययोजना अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।
बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुको बारेमा विद्यार्थीलाई जानकारी गराइएको छ ।
सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा ५ जिल्लाको कार्यक्षेत्र रहेको सिन्धु विकास बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
Comments are closed.