वक्तृत्वकला प्रतियोगिता र बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । बनेपा काभे्रमा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैकको सहयोगमा वक्तृत्वकला प्रतियोगिता र बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी वार्षिक कार्ययोजना अन्तर्गत शाखा कार्यालय बाह्रविसेले नेपाल रेडक्रस सोसाइटी बाह्रविसे उप–शाखासँगको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

बाह्रविसे नगरपालिका–८ मा खुल्ला रक्तदान कार्यक्रम र प्राइभेट प्याराडाइज माविमा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । प्राइभेट प्याराडाइज माविमा आयोजित नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा बाह्रविसे नगरपालिकाका १० वटा विद्यालयका १८ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १२ हजार, द्धितिय हुनेलाई रु ९ हजार र तृतिय हुनेलाई रु ६ हजारसहित उपहार पनि प्रदान गरिएको छ । कार्यक्रममा २०० भन्दा बढि सहभागी रहेको कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् । बैकले आफ्नो सामाजिक उतरदायित्व कार्यलाई निरन्तरता दिने पनि जनाएको छ ।

सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी ५ जिल्लाको कार्यक्षेत्र रहेको सिन्धु विकास बैंकको २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

You might also like

Comments are closed.