श्रीलंकाको वैदेशिक रोजगार विभागको तीन अर्ब राज्यकोषमा

काठमाडौं । श्रीलंकाको वैदेशिक रोजगार विभागको तीन अर्ब राज्यकोषमा हस्तान्तरण गरिको छ ।

श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले वैदेशिक रोजगार ब्युरोले गत वर्ष कमाएको  तीन अर्ब राज्यकोषलाई सोमबार हस्तान्तरण गरिएको बताइन् ।

रोजगारीका निम्ति विदेश जाने देशका नागरिकबाट दर्ता शुल्कबापत उक्त रकम संकलन भएको हो ।राज्यकोषमा दाखिला गरिएको उक्त रकम इन्धन, चिकित्सा र अन्य कल्याणकारी कार्यमा खर्च गरिने तथा  १० करोड क्यान्सर अस्पताललाई उपलब्ध गराइने मन्त्री नानायक्काराले बताइन् ।

गत वर्ष आप्रवासी कामदारहरूबाट देशलाई तीन अर्ब ८० करोड अमेरिकी डलर विप्रेषण प्राप्त भएको केन्द्रीय ब्यांकले जनाएको छ । एजेन्सी

 

You might also like

Comments are closed.