पोखरा । शितलादेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले उद्घाटन गर्दै शितलादेवी बहुउद्देश्यीय सहकारीले वडा नम्बर ११ बाट अगाडि सारेको फोहोरमैला ब्यवस्थापन अभियानमा सहकार्य गर्न आग्रह गरेका छन् ।
त्यसैगरि पछिल्लो समय आर्थिक मन्दी बढिरहेको अवस्थामा सहकारीकै कारण आर्थिक चलायमानमा सहजता भइरहेको बताउदै कर्माचार्यले आगामी दिनमा सहकारीले कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । साथै उनले सहकारीको उक्त अभियानमा वडाले समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
त्यसैगरी जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारीले मानिसकोे दैनिकी चलायमान गराउन ठूलो भूमिका खेलेको भएता पनि सहकारीको मुल्य मान्यता विपरित सञ्चालन भइरहेकाले त्यसतर्फ सम्पूर्ण सहकारीहरुले ध्यान दिन आवश्यक रहेको बताइन ।
सयपत्री सहकारी संस्थाका अध्यक्ष टिकाबहादुर कार्कीले अहिलेको विषम परिस्थितीमा सहकारीहरु बीच एक आपसमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने धारणा ब्यक्त गरे । सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठले बहुद्देश्यीय सहकारीको भावनाअनुसार यस संस्थाले फोहोरमैला ब्यवस्थापन, कृषि तथा पशुपालन र कौशी खेतीमा विशेष जोड दिँदै संस्थाले आफ्नो कार्य सम्पादन गर्ने जानकारी दिए ।
साधारण सभामा अध्यक्ष तीर्थलाल श्रेष्ठ, सचिव राजु श्रेष्ठ, कोषाध्यक्ष रोमनमान श्रेष्ठ र लेखा समिति संयोजक सुक्रकुमार प्रधानले प्रस्तुत गरेको प्रतिवेदन सभाले अनुमोदन गरेको थियो । कार्यक्रममा उपाध्यक्ष गोकर्ण कार्कीले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका सल्लाहकारको तर्फबाट ज्ञानबहादुर कार्की, सेयर सदस्यहरुको तर्फबाट प्रमिला श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा सहकारीको सात सिद्धान्त संस्थाका संचालक समितिका सदस्य जीवन श्रेष्ठले बाचन गरेका थिए । सहकारीमा २ सय ४३ जना सेयर सदस्य रहेका छन् भने संस्थाको कुल पुंजी २ करोड ४० लाख रहेको छ ।
Comments are closed.