काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ बाट संघीय सांसदका लागि सहकारी अभियान्ता सीताराम काफ्ले सिफारिस भएका छन्। नेपाली कांग्रेसको तर्फबाट काफ्ले सिफारिस भएका हुन् ।
रोयल बहुउद्देश्यीय सहकारीका प्रबन्ध निर्देशक काफ्ले मुक्तिनाथ क्यापिटलका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक हुन् ।
विगत ३ दशकदेखि सहकारी अभियानमा सक्रिय काफ्लेले आर्थिक समृद्धि नै आफ्नो राजनीतिक एजेन्डा रहेको बताए । संघीय सांसदमा सिफारिस गर्ने पार्टी कमिटीप्रति उनले आभार व्यक्त गरेका छन् ।
काठमाडौं क्षेत्र नं . ५ बाट नेपाली कांग्रेसले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । पार्टी क्षेत्रिय समितिले शनिबारडा. महतको नाम सर्वसम्मतिले संघिय सांसदको उम्मेदवारमा सिफारिस गरेको हो ।
क्षेत्रिय समितिले वैकल्पिक उम्मेदवारको रुपमा क्षेत्र नं. ५ का सभापति श्याम खड्काको नाम पठाएको छ भने आकांक्षीहरुमा सिताराम काफ्ले, प्रेमबहादुर खड्का, दामोदर खड्का, रमेश खड्कालगायको नाम पठाएको छ ।
Comments are closed.