पोखरा । पोखरामा क्याफे र ग्यालरी सञ्चालनमा आएको छ । एस जे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखराको लेकसाइड रोडमा क्याफे र ग्यालरी सञ्चालन गरेको हो ।
यात्रु र बाइकरको लागि प्रमुख गन्तव्य भएको पोखरा नयाँ उद्यमको लागि महत्वपूर्ण स्थान रहेको एस जे मोटोका संस्थापक सौरभ ज्योतिले बताए ।
क्याफे र ग्यालरी प्रिमियम कफी, मोटरसाइकल संस्कृतिका उत्साही तथा यात्रुका लागि भेटघाट गर्ने एक रोमाञ्चक हबको रुपमा रहेको छ ।
Comments are closed.