काठमाडौं । काठमाडौंको नक्सालमा जी मोटर्सले स्काईवेलको फ्ल्यागशिप शोरुम सञ्चालनमा ल्याएको छ । शुक्रबार चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ जीनले एक समारोहका बीच शोरुमको उद्घाटन गरेका हुन् ।
नेपाल भित्रिएको एक वर्षमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सफल स्काइवेलले हालसम्म १०० भन्दा बढी एसयुभीहरू विक्री गर्न सफल भएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।
‘हामीले नेपाल भित्र्याएको सबैभन्दा बढी रेन्ज दिने ईटी५ को सफलतापछि अहिले सुलभ मुल्यमा बिई११ मोडल ल्याएका छौ । बीई११ को मूल्य ७९ लाख ९० हजार कायम गरिएपनि केही समयका लागि ४ लाख छुट दिएर ७५ लाख ९० हजारमै बिक्री गरिरेका छौ । यसबाट ग्राहकले सुलभ मूल्यमै स्कइवेललको प्रिमियम ईभी प्रयोग गर्न पाउनुभएको छ’ उनले भने ।
नेपालमा स्काइवेलको शोरुम संख्या ५ पुगेको छ । भक्तपुरको राधेराधेमा पहिलो शोरुम संचालनमा ल्याएर नेपाली बजारमा स्काईवेलले आफ्नो प्रिमियम एसयुभीको विक्री वितरण शुरू गरेको थियो ।
Comments are closed.