स्मार्ट च्वाईस टेक्नोलोजिजले मनायो २४औं वार्षिकोत्सव

काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले आफ्नो २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले संस्थाले बिगतमा गरेका उपलब्धि र भावी योजनाबारे जानकारी दिएका छन् ।
संस्थाले दिदै आएका कार्ड सेवा (एससिटी युनियन पे कार्ड, भिसा कार्ड, नेपालपे कार्ड आदि), मोबाइल बैंकिङ सेवा, अन्तर बैंक भुक्तानी सेवा, क्युआर भुक्तानी सेवा र मर्चेन्ट व्यवस्थापन सेवामा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीति सम्बन्धमा उनले प्रस्तुत गरेका छन् ।

 

वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नविनतम सेवाहरू स्मार्ट क्यूआर साउण्ड बक्स र एससिटी हबका बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष अवलोकन गरेका छन् । एससिटीको नविन सेवाबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू स्मार्ट क्यूआर साउण्ड बक्समार्फत सुन्न सक्नेछन् ।

 

स्मार्ट क्यूआर साउण्ड बक्सलाई मर्चेन्टले आफ्नो वाईफाईसँग लिङ्क गरेर वा स्मार्ट क्यूआर साउण्ड बक्समै आफ्नो सिम कार्ड राखेर नेटवर्कसँग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी विवरणहरू स्मार्ट क्यूआर साउण्ड बक्समार्फत विभिन्न भाषामा सुन्न सकिनेछ । एससिटीले ल्याएको यस नविनतम सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे स्मार्ट क्यूआर साउण्ड बक्समार्फत जानकारी हुन्छ ।

 

साथै एससिटी हब एससिटीले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाका लागि निर्माण गरेको नविनतम प्रबिधि हो । जसबाट बैंक तथा वित्तीय संस्थाले एटीएम व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन  लगायातका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् ।
You might also like

Comments are closed.