काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले स्मार्ट जुलाई अफर ल्याएको छ । नेपालमा १२० बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा एससिटी युपिआई कार्ड प्रयोगकर्ताका लागि स्मार्ट जुलाई अफर ल्याएको हो ।
जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफर अन्तर्गत ग्राहकले बिगमार्टमा एससिटी युपिआई कार्डबाट भुक्तानी गर्दा एक पटकमा १० प्रतिशत, अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् । ग्राहकले छुट पाउन एससिटी युपिआई कार्ड प्रयोग गरी पिओएस मेसिन मार्फत नै भुक्तानी गर्नुपर्ने हुन्छ ।
जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा यस अफर लागु हुनेछ । एससिटीले यसअघि बिगमार्टमै प्रयोगकर्तालाई हरेक बुधबार एससिटी युपिआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुटको सुबिधा उपलब्ध गराएको थियो ।
सो अफर अगस्टको पहिलो बुधबार देखि पूर्ण सुचारु हुनेछ । यो छुट एससिटीको सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससिटी युपिआई कार्ड प्रयोगकर्ताले पाउनेछन् । एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससिटी युपिआई कार्ड जारी गर्दै आइरहेको छ ।
यस अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससिटी युपिआई कार्ड नहुने ग्राहकले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससिटी युपिआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सकिनेछ ।
Comments are closed.