काठमाडौं । सोल्टी होटल लिमिटेडको ४८ औं वार्षिक साधारण सभा आगामी पुस २८ गते बस्ने भएको छ ।
होटलले लाभांश प्रस्तावसहित पुस २८ गते वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
उक्त साधारण सभामा सोल्टी होटलले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्न लागेको हो ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने भएको छ । सोल्टीले साधारण सभा प्रयोजनाका लागि पुस ७ गते बुक क्लोज गर्ने सूचनामा जानकारी गराएको छ । यसर्थ, पुस ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Comments are closed.