काठमाडौं । काठमाडौंको वनस्थली चोकस्थित सोफा हब काठमाडौंले ग्राहकको लागि दसैं तिहार धमाकेदार अफर ल्याएको छ ।
दसैं तिहारमा सोफा हबका सोफा किन्ने ग्राहकले सोफासँगै १ हजारदेखि १० हजारसम्मका उपहार पाउन सकिने सञ्चालक तारालाल धरेलले बताए ।
बम्पर उपहार अन्तर्गत इलेक्ट्रिक जंग १० जनालाई प्रदान गरिने छ । त्यस्तै,सोफा सेट ४ जनालाई प्रदान गरिनेछ भने १ जनालाई ३२ इन्चको स्मार्ट टिभि प्रदान गरिने छ ।उक्त अफरमा सहभागी हुने ग्राहकलाई लक्की ड्रमार्फत विजेता घोषण गरिने छ ।
सोफा हवका सहायक सम्पनीहरु क्वालिटी फर्निचर हब प्रा.लि. लैनचौर, एभरेष्ट सोफा फर्निचर प्रा.लि. लौलाङ र सोफा हब चितवन प्रा.लि. लंकु चितवनमा पनि यो अफर लागु हुनेछ ।
Comments are closed.