सफ्टवेरिका कलेजको निःशुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप

काठमाडौं ।सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’ सम्बन्धि निःशुल्क वर्कसप सम्पन्न भएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीका साथै कक्षा १२ को परिक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थीलाई लक्षित गरि एक दिने कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम अगस्ट ६ तारिखका दिन सफ्टवेरिका कलेजको इ-ब्लकमा सम्पन्न भएको कलेजका इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी विभागीय प्रमुख मनोज तामाङले जानकारी दिए ।

jutta mela

‘कार्यक्रममा सिसिआरसी कलेज, नामी कलेज, सेनलरेन्स कलेज, सेनजेभियर कलेज, काथफोर्ड इन्टरन्यासनल कलेज, कान्जिरोवा नेसनल कलेज, एनआइटी, केयमसी लगायत विभिन्न विद्यालयबाट र पासआउट २ सय जना विद्यार्थीहरू सहभागी भएका थिए,’ मनोज भन्छन् ‘हामीले साइबर सुरक्षाकै विषयलाई जोड दिएर वर्कसप सञ्चालन गरेका थियौँ।’

वर्कसपमा सहभागी विद्यार्थीलाई इथिकल ह्याकिङ र साइबर सेक्युरिटीको परिचय, इथिकल ह्याकिङ र साइबर सेक्युरिटी बिचको भिन्नता, साइबर सेक्युरिटी इन्डस्ट्रीमा भविष्य, इथिकल ह्याकिङ ट्रिक र वेब सेक्युरिटी, पासपोर्ट ट्र्‍याकिङ, नेटवर्क सेक्युरिटीको दुरुपयोग बारे विस्तृत तालिम एवं जानकारी प्रदान गरिएको कलेजले जनाएको छ ।

उक्त वर्कसपमा मनोज लगायत कृतिश ढुंगेल, महनराज राजा जिएम, सचिन चौलागाई, विवेक सुवेदी र युफान लिम्बुले तालिम दिएका हुन् ।

 

You might also like

Comments are closed.