काठमाडौं । नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । मुरारका ग्रुुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३.० मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो ।
काठमाडौंको म्यारियट होटलमा संचारकर्मी तथा कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइएको हो ।
उक्त अवसरमा बोल्दै मुरारका ग्रुुपका म्यानेजिङ डिरेक्टर पशुपति मुरारकाले मुरारका ग्रुुप आफ्ना ग्राहकलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताए । नेपालमै प्लान्ट स्थापना गरी एक वर्षभित्रमा टायल उत्पादन हुने उनले जानकारी दिए । १३ बिघा जग्गमा प्लान्ट स्थापना हुुनेछ । नेपालमा उक्त समूहले टायल उत्पादनका लागि पहिलो र दोस्रो चरणमा गरी करिब ६ अर्ब रुपैयाँ लगानी गर्ने जनाएको छ ।
सोमानीसँगको सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपूर्ति गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।
सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवं सिइओ अभिषेक सोमानीले नेपालको प्रतिष्ठित व्यावसायिक घराना मुरारका ग्रुुपसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने उनको भनाइ छ ।
Comments are closed.