दक्षिण कोरियामा कोरोना संक्रमण उच्च

सोल । दक्षिण कोरियामा गत २४ घण्टामा थप २ लाख ६६ हजार ८५३ जनामा कोरोना संक्रमण देखा परेको छ । त्यसपछि यहाँ कुल संक्रमितको सङ्ख्या ३९ लाख ५८ हजार ३२६ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए) को अनुसार यसअघिका दिनको एक लाख ९८ हजार ८०३ जनामा कोरोना संक्रमण भएको थियो । ओमिक्रोन भेरियन्टको संक्रमणले सोल महानगरीय क्षेत्रमा उच्च भएको जनाइएको छ ।
यहाँ ५९ हजार २६९ जनामा कोरोना संक्रमण भएको थियो । ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ संक्रमितको संख्या क्रमशः ७६ हजार ७२२ र १६ हजार ६८१ रहेका छन् । गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३१ जनाले बढेर ७९७ पुगेको छ ।

कोरोना संक्रमणको कारण थप १८६ मृत्युको पुष्टि भएको छ । यसैसँगै कोरोनाको कारण मृत्यु भएका कूल मृतकको संख्या ८ हजार ५८० पुगेको छ । कुल मृत्यु दर ०।२२ प्रतिशत रहेको समाचारमा जनाइएको छ । देशले कुल जनसंख्याको ८७.४ प्रतिशतले कोभिड–१९ खोप लगाएका छन् । पूर्ण रूपमा खोप लगाएका मानिसहरु चार करोड ४८ लाख ६६ हजार ७० जना रहेका छन् । रासस÷सिन्ह्वा

You might also like

Comments are closed.