साउथवेस्टर्न स्टेट कलेजद्वारा विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम

काठमाडौं । साउथवेस्टर्न स्टेट कलेजले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । विद्यार्थीलाई कलेजका नीति नियम तथा शैक्षिक वातावरणका बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो ।

कलेजका अध्यक्ष इन्जिनियर बासुदेव विष्टले विद्यार्थीले अध्ययनका लागि उत्कृष्ट गन्तव्य रोजेको बताउदै विद्यार्थीहरुलाई लगनशिल भएर अध्ययन गर्न आग्रह गरे ।

त्यस्तै, क्याम्पस चिफ डा. राजेन्द्र केसीले विद्यार्थीको शैक्षिक, सामाजिक र व्यावसायिक सफलताको लागि कलेज सदैव तयार रहेको बताए । बुधबार सम्पन्न कार्यक्रममा विद्यार्थीले कलेजको नीति नियम पालन गरि अध्ययन गर्ने प्रतिवद्धता जनाएका छन् ।

jutta mela

कलेजका इन्टरनेसलन रिलेसन्स तथा साइन्स प्रोग्राम कोअर्डिनेटर सरिता शाक्य प्रधानले कलेजको शैक्षिक वातावरण र कलेजले संचालन गर्ने कार्यक्रमहरुका बारेमा जानकारी दिएकी थिइन् ।

कार्यक्रम संयोजक राजेन्द्रप्रसाद लामिछानेले कार्यक्रमको संचालन गरेका थिए । विद्यार्थीहरु दिलासा महर्जन र संस्कृति पन्तले आफूहरुको शैक्षिक सफलताको लागि कलेजले सहि मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरेका छन् । कार्यक्रममा कलेजका डाइरेक्टर, कोअर्डिनेटर, प्रोग्राम इन्चार्ज, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.