ट्राफिक जनचेतनाका लागि स्पोर्ट ग्रुप अफ भ्यालीको लोगो र टिसर्ट सार्वजनिक

काठमाडौं ।  स्पोर्ट ग्रुप अफ भ्यालीले आधिकारिक लोगो र टिसर्ट सार्वजनिक गरेको छ ।स्पोर्ट वाइक प्रयोगकर्ताहरुको समुह स्पोर्ट ग्रुप अफ भ्यालीले आइतबार एक कार्यक्रमको आयोजना गरी आधिकारिक लोगो र टिसर्ट सार्वजनिक गरेको हो ।

यस ग्रुपका क्याप्टेन एवं अध्यक्ष प्रविन कुमार मैनालीले राइडको आयोजना गरी रमाउनुको साथै ट्राफिक नियमका वारेमा जनचेतना अभिवृद्धी गर्नु पनि उद्देश्य रहेको बताएका छन् । साथै स्पोर्ट वाइक प्रयोग गर्ने राइडहरुमाझ पारिवारिक सम्वन्ध स्थापित गर्दै देशका विभिन्न स्थानहरुमा राइड गर्ने यस संस्थाको प्रमुख उद्देश्य हो ।

‘स्पोर्ट वाइक प्रयोग गर्ने राइडहरुमाझ पारिवारिक सम्वन्ध स्थापित गर्दै देशका विभिन्न स्थानहरुमा राइड गर्ने हाम्रो प्रमुख उद्देश्य हो । राइडरलाई ट्राफिक नियमका वारेमा जानकारी दिन ग्रुपले समयसमयमा विभिन्न प्रकारका कार्यक्रमहरु समेत आयोजना गर्दै आइरहेको छ । हाम्रो उद्देश्य राइडको आयोजना गरी रमाउनुको साथै ट्राफिक नियमका वारेमा जनचेतना अभिवृद्धी गर्नु पनि हो’ उनले भने ।

jutta mela

अध्यक्ष मैनालीका अनुसार यो समुहमा स्पोर्ट वाइक पारखीहरुको उल्लेख्य सहभागिता रहँदै आएको छ ।ग्रुपले विशेषत छोटोछोटो दुरीमा राइड आयोजना गर्दै आएपनि पछिल्लो समय अरनीको राजमार्ग हुँदै कोदारीसम्म समेत राइड गरिसकेको छ ।

शुरुमा २/४ जना राइडर मिलेर सन् २०१७ मा स्थापना भएको यो ग्रुपमा अहिले दर्जनौ संख्यामा राइडर सहभागी भएका छन् । यसरी राइड गर्दा अन्तरिक पर्यटनको प्रवद्र्धनमा समेत टेवा पुग्ने अध्यक्ष मैनालीले बताए ।

वाइकमा देशका विभिन्न स्थानहरुमा राइड गर्दै आइरहेको यो समुहले ट्राफिक जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्दै जाने जनाएको छ ।

यो ग्रुपले प्रतिस्पर्धामा आधारित राइड भन्दा पनि ट्राफिक नियमलाई इमान्दारिता पूर्वक पालना गर्दै पारिवारिक राइड गर्दै आइरहेको छ । जसका कारण राइडरले सुरक्षा जोखिममा पर्न सकिने स्टन्ट र उच्च स्पिडमा वाइक कुदाउने लगायतका कार्यहरु गर्न पाउने छैनन् । स्पोर्ट फेयरिङ वाइक भएका जोकोही पनि राइडरले ग्रुपमा सजिलै सहभागी हुन सक्नेछन् ।

ग्रुपमा अहिले कावासाकी निन्जा, केटिएम आरसी, ह्योसुङ जीटीआर, होन्डा सिविआर, वेनेली, टिभिएस अपाचे आरआर र यामाहा आर३ तथा आर१५ लगायत वाइक प्रयोग गर्ने राइडर सहभागी छन् ।

You might also like

Comments are closed.