एस.आर.मार्टको शाखा बिरौटामा, थप स्टोर बिस्तार गर्ने तयारीमा राजु भुवाइँ

पोखरा । युवा व्यवसायी राजु भुवाइँले एस.आर.मार्ट प्रालिको शाखा स्टोर सञ्चालनमा ल्याएका छन् । पोखराको घारी पाटनमा सञ्चालनमा रहेको एस.आर. मार्टको पहिलो शाखा बिरौटामा सञ्चालनमा आएको हो ।

चैत ११ गते फागु पूर्णिमाको अवसरमा मार्टको औपचारिक शुभारम्भ गरिएको हो । मार्टबाट दैनिक उपभोग्य, ग्रोसरी तथा खाद्यान्न लगायत सामग्री बिक्री वितरण सुरु भएको छ ।

मार्टले होम डेलिभरी सुविधासमेत पोखरा भर उपलब्ध गराउँदै आइरहेको छ । होलसेल मूल्यमा सामानहरु उपलब्ध रहेको भुवाइँले जानकारी दिए ।

jutta mela

‘अब हामीले दुई वटा आउटलेटबाट सेवा सञ्चालन गरिरहेका छौं । ग्राहकको सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा अन्य ठाउँहरुमा पनि स्टोर बिस्तार गरिनेछ,’ उनले भने ।

सपिङमा ग्राहकहरुको बदलिदो शैलीलाई सम्मान गर्दै पूर्ण पारिवारिक वातावरणमा ग्राहकमैत्री सेवा प्रदान गरिने उनले जानकारी दिए । ‘पहिलो स्टोरलाई ग्राहकबाट धेरै माया प्राप्त भएको छ,’ उनले भने, ‘नयाँ स्टोरमा पनि ग्राहकको आकर्षण देखिनेमा हामी विश्वस्त छौं ।’ सुपथ मूल्यमा सामानहरु बिक्री हुने उनको भनाइ छ ।

 

You might also like

Comments are closed.