पोखरा । सृजना विकास केन्द्र पोखराको नवनिर्वाचित कार्यसमितिको पदस्थापन बिहीबार भएको छ । ईन्द्रप्रसाद पौडेल अध्यक्षतामा सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वको पदस्थापन गरिएको हो । निवर्तमान अध्यक्ष मीनप्रसाद भट्टराईले नव निर्वाचित अध्यक्ष ईन्द्र पौडेललाई पदस्थापन गराएका हुन् ।
केन्द्रको प्रथम उपाध्यक्षमा कृष्ण थापा, द्वितीय उपाध्यक्षमा कमलादेवी गिरी, महासचिवमा चन्द्र गिरी, सचिवमा विश्व श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमान ठुसाजू निर्वाचित भएका थिए । सदस्यमा सुशील विजुक्छे, दानबहादुर गुरुङ र अशोक श्रेष्ठ निर्वाचित भएका थिए ।
निर्वाचन समितिका संयोजक बीरबहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष पौडेलले चार दशक अगाडि स्थापना भएको संस्थाको गरिमालाई अझ उच्च बनाउन आफ्नो कार्यकालका सक्रिय रहने बताए । ‘संस्थाको गरिमा अझ उच्च बनाउन नयाँ योजना सम्भाव्यता अध्ययन गरी नयाँ कार्यक्रम ल्याउन पहल गर्नेछु’ उनले भने ।
कार्यक्रमका झलकहरु










Comments are closed.