क्षमता र दक्षता प्रदर्शन गर्नसक्ने विद्यार्थी उत्पादन गर्न सफल सृजना विद्यालय

पोखरा । पोखरेली विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि करिब ३ दशक अगाडि स्थापना भएको विद्यालय हो, सृजना माध्यमिक विद्यालय । विद्यालय प्रदेशमा नै उत्कृष्ट नतिजा हासिल गर्न सफल छ ।

प्रि-स्कूलका साथै विद्यालय तह र प्लस टु संचालन गरिएको यस विद्यालयमा प्लस टु तर्फ साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, हस्पिटालिटी म्यानेजमेन्ट, टुरिजम एण्ड माउन्टेनियरिङ जस्ता विषयको पढाइ हुन्छ । आधुनिक तथा नवीनतम प्रविधिको माध्यमबाट अध्यापन गरिन्छ । अग्रगामी सोचका साथ २१औं शताब्दीको विश्वमा आफ्नो क्षमता तथा दक्षता प्रर्दशन गर्नसक्ने विद्यार्थी विद्यालयले उत्पादन गरिरहेको छ । शिक्षाको माध्यमबाट समाजलाई योगदान गर्न सक्ने सफल व्यक्ति उत्पादन गर्न विद्यालय सफल छ ।

गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयले विद्यार्थीको रुची, क्षमता, दक्षता र स्तरका आधारमा करियर काउन्सिलिङ गर्नुका साथै विद्यार्थीलाई विषय छनोटमा पनि सहयोग पुर्याउँदै आएको छ । भौतिक सुविधा सम्पन्न तथा शान्त वातावरणमा रहेको यस विद्यायलमा साइन्स ल्याब, कम्प्युटर ल्याब, इ लाइब्रेरी, क्याफेलगायतको राम्रो व्यवस्थापन गरिएको छ । सिकाईका क्रममा होटल म्यानेजमेन्टका विद्यार्थीलाई नेपालकै उत्कृष्ट होटल तथा ५ तारे होटलमा पनि लैजाने गरिएको छ ।

विद्यालयले सिकाइका लागि उत्प्रेरित र रचनात्मक समूह बनाउँछ । साथै अध्यापनका क्रममा विद्यार्थी केन्द्रित तथा नविनतम विधि तथा प्रविधिको प्रयोग गरि विद्यार्थीलाई प्रोजेक्ट वर्क, फिल्ड भिजिट, ग्रुप डिस्कशनलगायतका क्रियाकलापमा सहभागी गराइने गरिएको बताउँछन् विद्यालयका प्रिन्सिपल डोलराज पाण्डे ।

औपचारिक शिक्षासँगै अन्य गतिविधि तथा प्रतियोगिता पनि विद्यालयमा संचालन हुने गरेका छन्, जसले विद्यार्थीमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन मद्दत पुर्याएको छ । विद्यालयमा भलिबल, ब्याडमिन्टन, टेवल टेनिस, ह्याण्ड बल, कबड्डी, हाजिरी जवाफ, वादविवाद, संगित, नृत्यलगायतका प्रतियोगिता संचालन हुने गरेका छन् ।

विद्यार्थीको शैक्षिक पक्षलाई मात्र नहेरी चरित्र निर्माण तथा व्यावहारिक पक्षको विकास पनि विद्यालयले गर्दै आइरहेको छ । विद्यालयमा दक्ष तथा अनुभवी शिक्षकहरुको टिम छ । विद्यार्थीको आवश्यकता हेरि विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि विद्यालयले गरेको छ ।८५ भन्दा धेरै शिक्षक तथा कर्मचारी कार्यरत यस विद्यालयमा १ हजार ४ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

You might also like

Comments are closed.