श्रीलङ्काको रेमिट्यान्समा उल्लेख्य कमी

कोलम्बो । श्रीलङ्काले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैङ्कले जनाएको छ ।

गत वर्षको यो अवधिको तुलनामा २४ करोड ८९ लाख प्रतिशत भन्दा बढीको गिरावट भएको बैंकद्वारा आइतबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सन् २०२१ को जनवरीदेखि अप्रिलको बीचमा श्रीलङ्काले कामदारको रेमिट्यान्समा २।३८ अर्ब डलर प्राप्त गरेको थियो । उक्त रकम यो वर्ष १.०३ अर्ब डलरमा झरेको छ ।

MANASLU

यसैबीच सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म श्रीलङ्काले पर्यटनबाट छ करोड २६ लाख ४० हजार डलर कमाएको थियो । गत वर्षको सोही अवधिमा यो रकम ३६ करोड डलर रहेको थियो ।

पर्यटन र श्रमिकको रेमिट्यान्स श्रीलङ्काका लागि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत हो । दक्षिण एसियाली मुलुकले सन् २०२१ मा ५.५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको थियो । यो २०२० मा ७.१ अर्ब डलरबाट २३ प्रतिशतले घटेको थियो ।

श्रीलङ्काले सन् २०१८ मा २३ लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको थियो । सन् २०१९ मा भएको बम विस्फोटनपछि उक्त सङ्ख्या १.९ मिलियनमा झरेको थियो । सन् २०२० र २०२१ मा कोभिड–१९ महामारीका कारण यो सङ्ख्यामा थप घटेको थियो । रासस/सिन्ह्वा

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...