स्टडी इन युके एजेन्ट इन्फरमेसन सेसन सम्पन्न

काठमाडौं । एएइसी ग्लोबलको आयोजना र राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)को समन्वयमा ‘स्टडी इन युके एजेन्ट इन्फरमेसन सेसन’ शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा बेलायतको युनिभर्सिटी अफ वोल्वरहेम्प्टनका साउथ एसिया रिजनल म्यानेजर ब्राज भुषण झाले युनिभर्सिटीका बारेमा जानकारी दिएका थिए ।

त्यस्तै युनिभर्सिटी अफ वेष्ट इङल्याण्ड (युडब्लुई) ब्रिस्टोलका नेपाल बजार व्यवस्थापक मुकेश भण्डारी र स्टडी ग्रुपका रिक्युपमेन्ट म्यानेजर मोहम्मद अफ्टाबले आआफ्नो युनिभर्सिटीको कार्यक्रम, भर्ना प्रक्रिया, त्यहाँको शैक्षिक नीतिका बारेमा जानकारी दिएका थिए ।

एएइसी ग्लोबलका प्रवन्ध निर्देशक तथा नेका युके र आयरल्याण्ड विभाग प्रमुख केशव सिंखडाले नेपालका शैक्षिक परामर्शदातृ व्यवसायीहरुले बेलायतको विभिन्न विश्व विद्यालयमा प्रत्यक्ष पहुँच पुर्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले बजारमा लामो समयदेखि सिण्डिकेट प्रणाली जारी रहेको बताउँदै उक्त सिण्डिकेट प्रणालीलाई नेका तथा नेकाका सदस्यहरुले तोड्ने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.