स्टडी स्क्वायरको आयोजनामा ‘इन्टरनेशनल एजुकेशन फेयर’ हुँदै

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि अष्टेलिया, क्यानडा, यूके र युएसए जान चाहाने विद्यार्थीलाई मध्यनजर गरि स्टडी स्क्वायरको आयोजनामा इन्टरनेशनल एजुकेशन फेयर २०२२ हुने भएको छ ।

काठमाडौंको ज्ञानेश्वरमा रहेको स्टडी स्क्वायर टावरमा असार २५ गते (जुलाई ९) शनिबार बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म फेयर सञ्चालन हुनेछ । फेयरमा ३० भन्दा बढी युनिर्भसिटीका प्रतिनिधिलाई विद्यार्थीले प्रत्यक्ष भेट्न पाउने बताइएको छ ।
कार्यक्रममा सहभागीलाई कुनै पनि शुल्क लाग्ने छैन् ।

मेरिटको आधारमा शतप्रतिशतसम्म छात्रवृत्ति दिइने जनाइएको छ । फेयरमा सहभागी विद्यार्थीलाई पिटिइ, आईएलटिएस, स्याटका तयारी कक्षामा ५० प्रतिशत छुट प्रदान गरिने स्टडी स्क्वायरले जनाएको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि फेयर निकै उपलब्धीपूर्ण र ज्ञानमूलक रहने स्टडी क्स्वायरका बिजनेश हेड सुजना शेर्पाले जानकारी दिइन् । ‘युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थी र अभिभावकले प्रत्यक्ष भेट्ने अवसर पाउँछन्,’ उनले भनिन् ।

You might also like

Comments are closed.