लघुवित्तबाट ऋण लिएर व्यवसायमा यसरी मिल्यो सफलता, जोडियो आफ्नै घरघडेरी

पाल्पामा जन्मिएकी खेमकुमारी दर्लामी मगरको १८ वर्षको कलिलो उमेरमा विवाह भयो । उनी सानै उमेरमा एक छोराको आमा बनिन् । सन्तानको पालनपोषण, पढाइ खर्च तथा घर खर्च बढ्न थाल्यो । २०४२ सालमा पाल्पाबाट बसाइसराईं गरी कोहलपुर आएका उनका परिवार कोहलपुरमा सानो फ्रेस हाउस सञ्चाल गरिरहेका श्रीमानले जेनतेन घर खर्च धानिरहेका थिए । अभिभावक बनिसकेका उनीहरुको सानो व्यवसायलाई पनि कहिले भूकम्प त कहिले लकडाउनका कारण व्यवसाय तहसनहस पारिदियो । त्यसपछि श्रीमान् भारतमा केही समय काम गरी खाडी मुलुकमा केही कमाउन सकिन्छ कि भनेर विदेश गए ।

विदेशमा परिश्रम गरेर पसिना बगाई केही रकम जोड्नु भन्दा त आफ्नै देशमा विदेशमा सिकेको सीपलाई सदुपयोग गरी परिश्रम गरेमा परिवारसंग पनि बस्न पाइने र कमाई पनि हुने सोचेर श्रीमान १ वर्षमा नै नेपाल फर्किए । आर्थिक स्थिति कमजोर भएका खेमकुमारीको परिवारलाई गाउँघरमा ऋण पाउन मुस्किल भयो । निरास भएकी खेमकुमारीलाई बैजनाथ गाउँपालिका ६ सम्झनाबजारमा शाखा स्थापना गरी आफ्नो सेवा बिस्तार गरिरहेको ग्लोबल आइएमई लघुवित्तले काम गर्ने जाँगर भएका तर आर्थिक हैसियत नभएकालाई कर्जा लगानी गरी व्यवसाय गर्न सहयोग गर्छ भन्ने थाहा भयो । त्यसपछि २०७६ साल साउन महिनामा समूहमा आबद्ध भइन् । यसरी आफ्नै घर आँगनमा आएर समूह बनाई सुलभ ब्याजदरमा कर्जा दिने संस्था भेट्दा उनलाई ढुङगा खोज्दा देउता मिले जस्तै भयो ।

समूहमा आबद्ध पश्चात उनले पहिलो पटक २०७६ भदौमा ६० हजार रुपैयाँ कर्जा लिई श्रीमानले विदेशबाट ल्याएको केही रकम मिलाएर किराना तथा फ्रेस हाउस खोली व्यवसाय सञ्चालन गरिन् । सानो पुँजीबाट व्यवसाय शुरु गर्दै गरी त्यसबाट आएको आम्दानीले किस्ता तिर्दै गर्दा घरखर्च पनि सहजै चल्दै गयो । श्रीमानको भरपुर साथ र सहयोगले उक्त व्यवसायलाई बिस्तार र व्यवस्थित गर्ने उद्देश्यले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाबाट दोस्रो पटक २०७७ असोजमा एक लाख रुपैयाँ कर्जा लिइन् । २०७८ माघमा ४ लाख रुपैयाँ कर्जा थप गरिन् ।

हाल कोहलपुरमा दुई ओटा सटर भाडामा लिएर फ्रेसहाउस तथा इलेक्ट्रोनिक्स पसल र आफ्नै घरमा किराना पसल व्यवसाय सञ्चालन गरिरहेकी छन् । उनले लगभग दुई वर्ष ६ महिनाको यस अवधिमा व्यवसायबाट कोहलपुरमा आफ्नै नाममा १ कट्टा जमिन खरिद गरी घर बनाउन सफल भइन् । आप्mनै फिर्ता पाउनुपर्ने पैसा समेत फिर्ता पाउन गारो भएको अबस्थामा संस्थाले बिना धितो ५ लाखसम्म कर्जा दिन्छ होलासम्म नपत्याएकी उनी ग्लोबल आइएमई लघुवित्तको सफल सदस्य हुन् । अहिले उनले आफ्नो सन्तानलाई शिक्षा स्वास्थ्य तथा अन्य आवश्यकता परिपूर्ति गर्न सकेकोमा ग्लोबल आइएमई लघुवित्तलाई धन्यवाद दिन्छिन् ।

‘सुख र दुःख जिन्दगीको दुई पाटो रहेछ, सुखलाई सबैले अंगाल्न सकिन्छ भने दुःखको अनुभव गर्न समेत गाह्रो हुदो रहेछ । मैले जिन्दगीको सुख र दुःखलाई आत्मसात गरी यहाँसम्म आएँ । दुःख परेको समयमा हरेस खाएर बसेको भए आज म यो अवस्थामा आउने थिइन,’ उनले बिगत सम्झदै भनिन्, ‘यस काममा ग्लोबल आइएमई लघुवित्त मेरो सहयात्री बनेको छ । ग्लोबल आइएमई लघुवित्तले दिएको साथ, सहयोग र हौसलाले मलाई ब्यवसायिक बनायो । आशा छ यस ग्लोबल आइएमई लघुवित्तले आगामी दिनमा पनि हामी जस्ता हजारौँ गरिव दीनदुःखीको आयस्तर बढाई आर्थिक उपार्जन गर्नमा सहयोग गर्ने छ ।’

lcci
You might also like

Comments are closed.