सुजल फुड्सको नयाँ प्रस्तुति ‘चोकोफन जोय’

काठमाडौं । देशको अग्रणी कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रा.लि.ले आफ्नो नयाँ प्रस्तुती ‘चोकोफन जोय’ बजारमा ल्याएको छ । चोकोफन जोय नेपालकै प्रथम square mouldedचकलेट रहेको कम्पनीले जनाएको छ । जुन पर्याप्त मात्रामा न्यूनतम उपभोग्ता मूल्यमा उपभोक्ता माझ प्रस्तुत गरिएको छ । यसले गर्दा विगतमा विदेशी चकलेटमा निर्भरतालाई तोडेर नेपालमै अन्तर्राष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको चोकोफन जोय चकलेट उपभोग गरी चकलेटको मज्जा लिन सकिनेछ ।

बर्गाकार आकारमा, कोकोआको (cocoa) अनुपम स्वाद र मिठासले भरिपूर्ण चोकोफन जोय स्वादिष्ट छ । मुखमा राख्ना साथ पग्लिने र आनन्द महसुस हुने कम्पनीको दावी छ । आकर्षक बर्गाकर आकार यसको अर्को विशेषता हो जुन हेर्दा आकर्षक प्याकेटमा उपलब्ध छ ।

गुलाबी र बैजनी रङमा प्याकेजिङ गरिएको चोकोफन जोयको डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो चोयको फन्टले प्याकेजिङलाइ अझ बढी उत्कृष्ट र आकर्षक देखाएको छ। प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षित ढंगमा देखाइएको छ ।

jutta mela

चोकोफन जोय जार र बक्स दुबैमा उपलब्ध छ । दुबैमा उत्पादनका विशेषताहरू स्पष्ट रूपमा देखिएको छ र जार भित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ । जोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध छ जुन अत्यन्तै आकर्षक छ । यसले उत्पादनलाई सुन्दर र प्रिमियम बनाएको छ । यसको कार्टुन बक्स पनि चम्किलो बैजनी रंगमा उपलब्ध छ। चोकोफन जोय मात्र रु १० को अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथफुल साइजमा बजारमा उपलब्ध छ।

संसारकै अत्याधुनिक चकलेट उत्पादन प्रबिधिको प्रयोग गरी अटोमेटिक मेसिनरीबाट अति स्वस्थकर वातावरणमा उत्पादन गरिने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने चोकोफन जोयको गुणस्तर तथा स्वादमा एकरुपता हुने जनाइएको छ ।

सुजल फूड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी हो । जुन आइएसओ २२०००ः२०१८ प्रमाणित छ । यो लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो । सुजल फूड्सले बिगत ५० वर्षदेखि अन्तर्रास्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्री वितरण गर्दै आएको छ । कम्पनीको लोकप्रिय ब्रान्डहरुमा चोकोफन, क्रेभ, रसिलो, फ्रेसो, क्याण्डीम्यान र फ्रेसडेन्ट लगायत छन् ।

‘नयाँ उत्पादन चोकोफन जोयको अनुपम स्वाद र मिठासले उपभोक्ताहरुको मन जित्न सफल रही बालबालिका तथा युवाहरुको जीवनको अभिन्न अंग बन्दै धेरै रमाइलो र खुसी प्रदान गर्नेछ भन्ने कुरामा कम्पनी बिस्वस्त छ,’ विज्ञप्तिमा उल्लेख छ ।

 

You might also like

Comments are closed.