क्रिप्टोजेन नेपालको सिइओमा सुमन थपलिया

काठमाडौं ।  क्रिप्टोजेन नेपाल प्रमुख कार्यकारी अधिकृतमा(सिइओ) सुमन थपलिया नियुक्त भएका छन् ।

बिहीबार बसेको बोर्ड बैठकले  आर्थिक वर्ष २०२२/२०२३ लागि थपिलयालाई सिइओमा नियुक्त गरेको हो । क्रिप्टोजेन नेपालले विगत ४ वर्षदेखि नेपाल र बंगलादेशमा साइवर सेक्युरिटी सर्भिस दिदै साइबर सेक्युरिटी डोमेनलाई नेतृत्व गदै आएको सेक्युरिटी कम्पनी हो । कम्पनीले VAPT, IS Audit, SIEM, SOC लगायतका सर्भिसहरु उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका संस्थापक निर्मल दाहाल र आदित्य खातिले नव निर्वाचित सिइओ थपलियालाई बधाई दिएका थिए । दाहाल क्रिप्टोजेन नेपालको CTO मा कार्यरत छन् र खाति SOC म्यानेजर हुन् ।

MANASLU

क्रिप्टोजेन नेपालसँग अहिले २५ भन्दा धेरै वार्षिक ग्राहक छन् र ५० भन्दा धेरैलाई साइबर सेक्युरिटी सेवा दिएको छ । थपलियासँग मिलेर क्रिप्टोजेन नेपालले सुरक्षित साइबर स्पेस सृजना गर्ने लक्ष्य लिएको छ ।

थपलियासँग साइबर सेक्युरिटी सम्वन्धी CISA, CHFI, CEH, CEI, and CISCO लगाएतका प्रोफेशनल सर्टिफिकेट छन् । उनले निरन्तर रुपमा कम्पनीमा उत्कृष्ट योगदान गर्दै आएका छन् ।

कम्पनीलाई कर्पोरेट ग्रुपको रुपमा विकास गरी सामाजिक चुनौतीलाई समाधान गर्दै विविध मूल्यको सृजना गर्दै अगाडि बढ्ने थपलियाले बताए । थपलिया विगत १० वर्षदेखि साइबर सेक्यूरिटीका क्षेत्रमा कार्यरत छन् ।

उनी टेक्सास कलेज अफ म्यानेजमेन्टको आइटी डिपार्टमेन्ट हेड हुन् । उनले विगत ५ वर्षदेखि SRIC, CSRI, nPcert, One Cover aadiजस्ता साइबर सेक्युरिटीका विविध क्षेत्रमा नेतृत्व गर्दै आएका छन् । उनले मलेसियाको लिंकन यूनिर्भसिटी कलेजमा साइबर सेक्यूरिटीमा पिएचडी गरिरहेका छन् ।

You might also like

Comments are closed.