काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले आगामी वर्ष सर्वसाधारणमा शेयर निष्काशन गर्ने योजनाका साथ थप पूँजी जुटाउन आफ्नो कार्य अगाडी बढाएको छ । वि.सं २०७४ मा प्राईभेट कम्पनीको रुपमा पनौति नगरपालिका–९, काभे्रमा करिब ११ रोपनी जग्गामा फ्याक्ट्री स्थापना गरी आफ्नो व्यापारिक उत्पादन गरिरहेको छ ।
चालु आर्थिक वर्षमा पब्लिक कम्पनीमा परिणत भइसकेको छ । हाल रु. १० करोड चुक्ता पूँजी भएको यस कम्पनीले उत्पादन क्षमता वृद्धि संगसंगै जारी पूँजी समेत वृद्धि गरी रु. २७ करोड पु¥याई जारी पूँजीको ३० प्रतिशत अर्थात् रु. ८ करोड १० लाख रकम बराबरको शेयरको आगामी आर्थिक वर्षमा सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने योजना राखेको छ ।
उद्योग तथा व्यापार क्षेत्रमा लामो अनुभव भएका व्यक्तिले सञ्चालन गरिरहेको यस कम्पनीले चालु आर्थिक वर्ष भित्रमा नयाँ व्यक्ति तथा संस्थागत लगानी मार्फत रु. ८ करोड ९० लाख थप पूँजी जुटाई संस्थापक समूहको शेयर स्वामित्व १८ करोड ९० लाख पु¥याउने तयारीका साथ प्रोस्पेरिटी भेञ्चर्स प्रालिसंग लगानी गर्ने, लगानीकालागि सहजीकरण गरिदिने तथा सावर्जनिक निष्काशनका विषयमा कम्पनीलाई प्रारम्भिक परामर्श दिने कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरेको छ ।
समझदारीपत्रमा सुमेरु पोलिमर्सको तर्फबाट प्रवन्ध सञ्चालक दिवश घिमिरे र प्रोस्पेरिटी भेञ्चर्सका तर्फबाट प्रवन्ध सञ्चालक कमलप्रसाद नेपालले हस्ताक्षर गरेका छन् । सफल उद्यमी एवं व्यवसायीक घरानासंग आवद्ध प्रवन्ध सञ्चालक घिमिरे कम्पनी स्थापनाको समयदेखि नै प्रमुख प्रवद्र्धक एवं व्यवस्थापकको रुपमा रही कार्य गर्दै आएका छन् ।
भेञ्चर्सका प्रवन्ध सञ्चालक नेपाल विगतमा १४ वर्ष बैंकिङ क्षेत्रमा कार्यरत रही पछिल्लो समय करिव डेढ दशक बढी एनएमबि क्यापिटल लिमिटेडमा चिफ म्यानेजर पददेखि महाप्रवन्धक पदसम्म कार्यरत थिए । २८ वर्ष बढी बैंकिङ तथा क्यापिटल मार्केटमा कार्य गरेका नेपालसंग धितोपत्रको सार्वजनिक निष्काशनसंग सम्बन्धित कार्यको लामो अनुभव रहेको छ ।
पछिल्लो ३ वर्षदेखि लगातार वार्षिक रु. २१ करोडको कारोवार गर्दै आइरहेको यस कम्पनीले थप पूँजी जुटाए पश्चात् उत्पादन वृद्धि तथा बजार क्षेत्रको विस्तार गरी आगामी आर्थिक वर्षमा वार्षिक कारोवार रु. ३० करोड पु¥याउने लक्ष राखेको छ । हाल कम्पनीको बजार क्षेत्र कोशी, मधेश, बागमती, सुदुरपश्चित प्रदेश रहेकोमा आगामी वर्षमा ७ वटै प्रदेशमा आफ्नो बजार क्षेत्र विस्तार गर्ने योजना राखेको छ ।
आ. व. २०८०/०८१ को वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ रु. ११८ रहेको छ भने प्रति शेयर आम्दानी रु. ८/२४ रहेको छ । प्रचलित कम्पनी कानून तथा धितोपत्र सम्बन्धी कानूनमा तोकिएको व्यवस्था बमोजिम यस कम्पनी योग्य भएमा प्रिमियम मूल्यमा समेत सर्वसाधारणमा शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
Comments are closed.