मर्मत सम्भारको लागि सनराइजको कार्ड सेवा अवरुद्ध हुने

काठमाडौं ।  सनराइज बैंकको सेवा थप प्रभावकारी बनाउन आज (बिहीबार) ८ बजेदेखि शुक्रबार बेलुकी ८ बजेसम्म कार्ड सेवा अवरुद्ध हुने भएको छ ।

बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा नियमित मर्मत सम्भार DR Drill कार्य गर्ने भएकाले बिहीबार बेलुकी ८ बजेदेखि शुक्रबार बेलुकी ८ बजेसम्म बैंकको डेबिट, क्रेडिट कार्ड तथा एटिएम र पोइन्ट अफ सेल सेवा केही समयको लागि अवरुद्ध हुने बैंकले एक सूचनामार्फत जनाएको छ ।

यसबीचमा दैनिकरुपमा आवश्यक विद्युतिय कारोबारको लागि कार्डको वैकल्पिक माध्यमको रुपमा मोबाइल बैंकिङ क्युआर पेमेन्टलगायतका उपकरण प्रयोग गर्न बैंकले अनुरोध गरेको छ ।

यसले ग्राहकमा पर्न गएको असुविधाका लागि बैंकले क्षमासमेत मागेको छ ।

 

You might also like

Comments are closed.