काठमाडौं । मर्जर सम्झौता गरेका सनराइज बैंक र लक्ष्मी बैंकले चालु आर्थिक वर्ष २०७९र८० को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।
उक्त वित्तीय विवरणानुसार लक्ष्मी बैंकको नाफा वृद्धि भएको छ। सनराइज बैंकको नाफा घटेको छ। पुस मसान्तसम्म सनराइन बैंकले ६५ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा १२.२८ प्रतिशतले घटेको हो। गत वर्षको पुस मसान्तसम्म बैंकले ७४ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
त्यस्तै, लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एक अर्ब सात करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा यो बैंकले ८१ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो बैंकले ब्याज आम्दानीबाट दुई अर्ब ७६ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ। यो बैंकले गत वर्षको सोही अवधिमा सोही शीर्षकमा एक अर्ब ६० करोड ७४ लाख रुपैयाँ आर्जन गरेको थियो ।
विवरणअनुसार दुवै बैंकको खराब कर्जा बढेको छ। गत वर्षको पुस मसान्तसम्म १.४१ प्रतिशत रहेको सनराइज बैंकको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्म ३.३६ प्रतिशत कायम भएको छ ।
Comments are closed.