सनराइज बैंकका तीन नयाँ शाखारहित बैंकिङ एकाइ सुरु

 

काठमाडौं । सनराइज बैंक लिमिटेडले थप तीन शाखारहित बैंकिङ एकाइ सुरु गरेको छ।

बैंकले रुपन्देहीको गैडहवा गाउँपालिका ३ लौन्डिहवा, कैलालीको लम्कीचुहा नगरपालिका-६ गुलरा र नवलपरासीको कावासोती नगरपालिका-१ हिमालचोकमा नयाँ एकाइ सुरु गरेको हो।

यी तीनसहित सनराइज बैंकका शाखारहित बैंकिङ सेवा संख्या १ सय पुगेको छ। यी एकाइबाट निक्षेप संकलन, भुक्तानी, रकम स्थानान्तरणजस्ता सेवा दिइने बैंकले जनाएको छ। सनराइज बैंकका १३९ शाखा, १३ एक्सटेन्सन काउन्टर र १६१ एटीएम छन्।

You might also like

Comments are closed.