स्याङ्जाको हेलुमा सनराइज बैंकको शाखारहित सेवा

स्याङ्जा । सनराइज बैंकले स्याङ्जाको हेलुमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । योसँगै सनराइजको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ ।

पुतलीबजार नगरपालिका वडा नंं. ११, हेलुमा खोलिएको शाखारहित सेवाको उद्घाटन पुतलीबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष भवानीप्रसाद लामिछाने र बैंकका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलले गरेका हुन् ।

शाखारहित बैंकिङ सेवाको व्यावसायिक प्रतिनिधिको रुपमा बैंकले युवराज अर्याललाई नियुक्त गरेको छ । शाखारहित सेवाबाट ग्राहकले बैंकका प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने छन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, मोबाइल र डिसहोम टेलिभिजन रिचार्ज लगायत सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.