सुरक्षा पालुवा सहकारी १६औं वर्षमा प्रवेश

पोखरा । सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था १५ वर्ष पुरा भएर १६ वर्ष प्रवेश गरेको छ । प्रधान कार्यालय पोखरा महानगरपालिका वडा नं. ३३ कालिकास्थानमा रहेको सहकारीले शुक्रबार १५औं वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले सम्पूर्ण सेयर सदस्य, कर्मचारी, सञ्चालक, सल्लाहकार, शुभेच्छुक, शुभचिन्तक आभार व्यक्त गरेका छन् ।

सहकारीको सेवा केन्द्र पोखराको न्युरोड, लेखनाथस्थित आदर्शचोक, वडा नंं. ३३ कै लामगादी र पुँडीमा छ ।

jutta mela

सहकारीमा २ हजार ८ सय जना सेयर सदस्य छन् ।

सेयर पुँजी ७ करोड ३२ लाख रुपैयाँ छ भने कर्जा लगानी झण्डै ६४ करोड रुपैयाँ छ । कूल कारोबार ८२ करोड रुपैयाँ रहेको अध्यक्ष आचार्यले आर्थिक आवाजलाई जानकारी दिए ।

You might also like

Comments are closed.