सुरक्षा पालुवा सहकारीको साधारण सभा असोज ३ गतेदेखि १० गतेसम्म

पोखरा  । सुरक्षा पालुवा बचत ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा आगामी असोज ३ गतेदेखि १० गतेसम्म हुने भएको छ । यस सहकारीको ३ वटा सेवा केन्द्रको साधारण सभा फरक-फरक मितिमा हुने सूचनामा उल्लेख गरिएको छ ।

कालिकास्थान सेवा केन्द्रको साधरण सभा आगामी असोज ३ गते बिहान १० : ३० बजे पोखरा -३३ स्थित सामाजिक समारोह स्थल कालिकास्थानमा, लामगादी र पुँडिटार सेवा केन्द्रको सभा बिहान १० : ३० बजे पोखरा ३३ स्थित लामगादी स्वास्थ्य केन्द्रमा, भण्डारढिक र न्युरोड सेवा केन्द्रको सभा असोज ७ गते  बिहान १०.३० बजेदेखि पोखरा -२९ भण्डारढिक स्थित लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा बस्ने सूचनामा जनाइएको छ ।

त्यसैगरी, एकाई प्रतिनिधिहरुकोनिर्णय प्रमाणित सभा असोज १० गते पोखरा -३३ स्थित प्रधान कार्यालय कालिकास्थानमा बिहान ८ बजेदेखि बस्ने सहकारीले सूचनामा जनाएको छ ।

उक्त साधरण सभामा आफूलाई पायक पर्ने ठाउँमा उपस्थिति हुन सम्पूर्ण सदस्यलाई सहकारीले आग्रहसमेत गरेको छ । साधरण सभामा विभिन्न वार्षिक प्रतिवेदन प्रस्तुत र पारित गर्ने कार्यसूची रहेको छ ।

 

lcci
You might also like

Comments are closed.