संघले आर्थिक अनुशासन पनि सिकाइरहेको छ

सुरेन्द्रमान बिजुक्छे
कोषाध्यक्ष
पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा समृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ । मेलाको पूर्व सन्ध्यामा संघका कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छेसँग गरिएको कुराकानीको सम्पादित अंशः

पोखरा उद्योग वाणिज्य संघ आर्थिक अनुशासन कायम गर्नलाई पनि लागेको छ । जसका लागि संघले बेलाबेला कर प्रणाली, कर सचेतना, पारदर्शी हिसाबकिताब राख्नका लागि तालिम लगायतका कार्यक्रम आयोजना गर्दै आएको छ । आर्थिक अनुशासन कायम गरेर मात्र समृद्धि सम्भव छ । त्यसैले आफैबाट यो शुरु गर्न जरुरी छ ।

हामीले राष्ट्रिय औद्योगिक व्यापार मेला गर्छौं । मेलामा टिकट बेच्छौं र त्यहाँबाट आर्थिक संकलन गर्छौं । त्यसलाई हामी पारदर्शी तरिकाले हिसाब किताव सार्वजनिक गर्छौं र बेचेको रकम सामाजिक कार्यक्रम खर्चन्छौं । जस्तो प्रत्येक टिकटको एक रुपैयाँ पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गरेको वालश्रम न्यूनीकरणमा खर्च गर्छौं ।

त्यस्तै अन्य बचत पैसा पनि प्रदर्शनी केन्द्रमा शौचालय, डोम निर्माण लगायतमा खर्च गर्छौं । यसपटक हामीले १ करोड संकलन गरेर ७० खर्च गर्ने र ३० लाख बचत गर्ने लक्ष्य राखेका छौं ।

You might also like

Comments are closed.