सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न

चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेल्स कन्भेन्सन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कम्पनीले देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटीव र कार्यालय सञ्चालनमा सहयोग पुर्याउने करिब ३०० कर्मचारीहरुको उपस्थितिमा प्राबिधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामुलक तालिम चितवनको सौराहामा कार्यक्रम सम्पन्न भएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रबिन कटुवालले व्यक्तित्व विकास र सेल्ससम्बन्धी विशेष ट्रेनिङ दिएका थिए । साथै कार्यक्रममा व्यावसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय संचालनमा उत्कृस्ट योग्दान पुर्याउने कर्मचारीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सम्मान गरेका थिए ।

कार्यक्रममा ३ जना जोनल हेड, ३ जना प्रोभिन्स हेड, ५ जना रिजनल म्यानेजर १० जना शाखा प्रमुख, १२ जना कार्यलय संचालनमा सहयोग पुर्याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटीभ गरी ४८ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

jutta mela

यस सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो भब्य सेल्स कन्भेन्सनबाट कर्मचारीहरुले कम्पनीको हालको अवस्था, कम्पनीको आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी वृहत ज्ञान हसिल गर्नुका साथै यस किसिमका सिप तथा प्रविधीमैत्री तालिमबाट कर्मचारीहरु उत्साहित र थप उर्जावान भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए ।

साथै कर्मचारीको दक्षता अभिवृद्धि गर्नु नै कम्पनीको प्रमुख लक्ष्य रहेको र आगामी दिनहरुमा पनि विभिन्न तालिम तथा सिपमूलक कार्यक्रम आयोजना गर्दै जाने प्रतिवद्धता प्रमुख कार्यकारी अधिकृत खत्रीले व्यक्त गरे । कर्मचारीको प्रगती र हितको लागि सदैव आफूलगायत संचालक समिती सकारात्मक रहेको बताए । साथै उनले मेहनत र लगनशिल भइ कर्म गर्दै गए अवश्य सफलता प्राप्त हुने कम्पनीका संचालक नन्द किशोर शर्माले प्रस्ट पारे ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आई एस ओ ९००१ः२०१५ बाट सम्मानित भैसकेको छ। हाल कम्पनीको चुक्ता पूँजी रु ४.५४ अर्ब रहको छ । कम्पनिले देशभर रहेका १८१ शाखा कार्यालयहरुबाट आफ्ना सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ।

You might also like

Comments are closed.