बरिष्ठ सौन्दर्यविद् शुष्मा महरालाई ‘राष्ट्रिय महिला उद्यमी सम्मान’

काठमाडौं । । बरिष्ठ सौन्दर्यविद् शुष्मा महरा ‘राष्ट्रिय महिला उद्यमी सम्मान २०७९’ बाट सम्मानीत भएकी छन् । उनि नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंकी कोषाध्यक्ष समेत हुन् ।

एस.एस हस्पिटालिटी सोलुसन प्रालिको तेस्रो बार्षिकोत्सबको अवसरमा उनलाई सम्मान गरिएको हो ।नेपाल पर्यटन बोर्डमा बुधबार आयोजना गरिएको बिशेष कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महरालाई सम्मानपत्रसहित सम्मान गरेकी हुन् ।

नेपालकै उत्कृष्ट सैलुन मध्य नंम्वर १ मा पर्ने फेसियल हाउसकी प्रबन्धक महराको लगानीमा रहेका बिभिन्न उद्योगमा एक सय बढीले रोजगारी पाएका छन् ।

jutta mela

मुख्य शाखा सुन्धारा रहेको फेसियल हाउसमा एकैपटक ८० जना भन्दा बढि सेवागा्रहीले सर्भिस लिने गर्दछन् । फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर,फेस, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदै आएको छ । फेसियल हाउसले काठमाडौंको काठमाडौं मल सिटिसि मल , चावाहिल ,पोखराको पोखरा ट्रेडमल र सुर्खेतको न्युरोड बाट सेवा दिदै आएको छ ।

You might also like

Comments are closed.