फेसियल हाउसले सेवाग्राहीको विश्वास जितेको छ

फेसियल हाउसले सौन्दर्य क्षेत्रमा देशको अग्रणी पहिचान बनाउन सफल छ । काठमाडौंमा मुख्य कार्यालय रहेको फेसियल हाउसले देशभर शाखा विस्तार गरिरहेको छ । पोखरा शाखा ट्रेड मलको ग्राउण्ड फ्लोरमा छ । यसैक्रममा फेसियल हाउसका सञ्चालक शुष्मा महरासँग गरिएको संक्षिप्त कुराकानीः

फेसियल हाउसको जन्म कसरी भयो ?

आजभन्दा २६ वर्ष पहिला म यो पेसामा रहरले लागेको थिएँ । जब म यसमा संलग्न भएँ, मैले यो पेसाले धेरै दिदीबहिनीहरूलाई रोजगारीको अवसर पनि दिएको देखेँ । त्यसपछि फेसियल हाउसको जन्म भयो ।

फेसियल हाउसमा के कस्ता सेवा उपलब्ध छन् ?
नेपालमा नयाँ सौन्दर्य प्रविधिहरू भित्राएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, व्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ । यसैगरी, फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरू प्रयोग गर्ने फेसियल हाउसले चायाँपोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको छ । नेपालीहरूको छाला र कपाललाई दृष्टिगत गर्दै चीन, कोरिया, मलेसिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरूसँग सहकार्य गरेर हर्वल ब्युटी, हेयर कस्मेटिक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिँदै आएको छ । केही समयभित्र नेपालमा नै हर्वल कस्मेटिक उत्पादन गर्ने लक्ष्य फेसियल हाउसको छ ।

फेसियल हाउसका नाम कपि गरेको पनि देखिन्छ । के भन्नुहुन्छ ?
फेसियल हाउसले नेपालको नम्बर वान ब्युटी सैलुनलगायत विभिन्न सम्मान तथा अवार्डहरू समेत पाइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेकाले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा हामी सचेत गराउन चाहन्छौँ । सौन्दर्यसम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै लगेको छ ।

व्यवसाय सञ्चालनमा कत्तिको कठिन छ ?
नेपालमा हरेक व्यवसाय गर्न समस्या र विभिन्न अप्ठ्याराहरू भएका कारण संघर्ष गर्नु परेको हो । व्यवसायीमैत्री वातावरण नभएका कारण नेपालमा कुनै पनि व्यवसाय गर्न सहज वातावरण छैन । त्यसमाथि आम नागरिक र राज्यले समेत यो पेसालाई सकारात्मक कोणबाट हेरेको देखिँदैन । यो पेसालाई हेर्ने नकारात्मक दृष्टिकोण बदल्नका लागि म अथक संघर्षमा छु र त्यो जरुरी पनि छ । समाजले मात्र होइन यो पेसालाई हेर्ने नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्न राज्यले पनि यसलाई सही दृष्टिकोणले हेर्नुपर्ने आवश्यकता छ । हामीले बारम्बार राज्यको ध्यानाकर्षण गराउँदै आएका छौँ ।

फेसियल हाउसको मुख्य उद्देश्य के राख्नुभएको छ ?
मैले मेरो व्यवसायबाट मनग्ये कमाउने भन्दा पनि नेपालका हरेक छोरीलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेकी छु । चाहे देशमा होस् वा विदेशमा, उनीहरूले आफ्नो खुट्टामा उभिएर आत्मविश्वासका साथ आफ्नो पहिचान बनाउन सकुन् भन्ने मेरो लक्ष्य हो । म चाहान्छु, महिलाहरूलाई यो पेसामा मात्र सीमित नगरियोस्, तर उनीहरूको क्षमताको उचित कदर होस् । समाजले उनीहरूको योगदानलाई सम्मानजनक व्यवहारले हेर्ने दृष्टिकोण विकास गरोस् । महिलाहरूले चाहे जुनसुकै क्षेत्रमा काम गरे पनि त्यसलाई आत्मनिर्भरता र सशक्तीकरणको माध्यम राज्यले बनाउनुपर्छ ।

तपाईले सञ्चालन गरेको फेसियल हाउस १६ वर्ष पार गरेर १७ वर्ष लागेको छ । यसबारे के भन्नुहुन्छ ?
मेरो जीवनको प्रयास र २६ वर्षदेखिको मेहनत र १६ वर्षदेखिको प्रयासले आज यो अवस्थामा पुगेको छ । मेरो प्रयासले नेपालमा महिला सशक्तीकरणको उदाहरण स्थापित गर्न सकोस् । यस उद्देश्यका लागि मेरो सपना केवल आर्थिक समृद्धि होइन, सामाजिक परिवर्तनको सुरूवात पनि हो । महिलाहरूले आफ्नो सीप र लगनशीलताबाट समाजमा एक फरक प्रभाव पारेको दिन, मेरो संघर्ष सफल हुनेछ । अझ बढी जिम्मेवारी र कर्तव्य बोधका साथ अघि बढिरहेका छौँ । विदेशिनु नपरोस् देशमै केही गरौँ भन्ने अभिप्रायले हामीले आफूलाई अघि बढाइरहेका छौँ । आफ्नो कामलाई माया गरौँ, कला संस्कृतिलाई माया गरौँ । सत्यको पछि अडिग भएर लागौँ । कसैमाथि मिथ्या आरोप लगाउनुभन्दा अगाडि सोचौँ भन्न चाहन्छु । कसैलाई अनाहकमा आरोप नलगाऔँ । देशलाई छातीमा राखेर अघि बढौँ भन्न चाहन्छु ।

You might also like

Comments are closed.